Jan 6, 2012

ताक्लुङका तारा

तकलुंगका तारा सफे परियार 

जन्म लियौ २० औं शताब्दीमा
शैसव र युबा काल बित्यो कसरी
गर्भमै छंदा पिताले छोडेका तिमीलाई
आमाहरुले हुर्काए, बदाए कसरी

प्रशव पिडासरी पीडा प्रदान गर्ने
छुवछुत र भेदभावको समाजमा सामिल भयौ कसरी
घनघोर रुaदिबदी, कुसंस्कार र कुसंस्क्रितीमा पनि
अध्ययनको र अध्यापनको ज्ञान पायौ कसरी

बेदहरु सुने दलितको कानमा शिसा पगाल्ने युगमा पनि
पढन र पढाउन पर्छ भन्ने ज्ञानपुन्ज चम्कियो कसरी
दलितले संस्क्रित पढे जिब्रो काट्ने युगमा पनि
२६ गायत्री कन्ठस्थ पार्ने शक्ती आयो कसरी

नौ राग र लोकभाकामा सनाइसँग जोडीने ओंठले
क, ख, ग, घ र १, २, ३, ४ भन्न सिकायौ
घरबुना र पङगाका कपडा काटी सिलाउने औंलाहरुले
क, ख, ग, घ र १, २, ३, ४ लेख्न सिकायौ

हजारौं, लाखौं दु:ख र कस्टहरु शहेर पनि
शिक्षाको ढोका खोलिदियौ तक्लुङका सारालाई
कोटी-कोटी धन्यवाद, लाखौं-लाख हार्दिक ग्यापन
सफे परियार जस्ता  ताक्लुङका तारालाई ।

No comments:

Post a Comment

Humming Bird

Hunding Chitaha

How World End in 2012

Mosquito Biting

Fastest Man