Dec 22, 2011

कही चुलो छोएको निउँमा मनबिरे सुनारको हत्या गरिन्छ कही चुलो बनाउन दलितलाई घरघरमा निम्तो गरिन्छ

सुन्दा विश्वाश गर्न नसकिने यी दुई वाक्यांसहरुको सत्यता एक मङ्सीर २७ गतेको कान्तिपुरमा छापिएको "चुलो छोएको आरोपमा कुटपिटले मृत्युत" शिर्षक समाचारबाट थाहा पाउन सकिन्छ र अर्को गोर्खाको ताक्लुङ गाबिसमा नेपाल दलित महिला उत्थान संघले सन्चालन गरेको सुधारिएको चुलो कार्यक्रममा प्रमोटर गीता पारीयारले दलित तथा गैरदलितको घर-घरमा बनाएको आधुनिक धुँवा रहित सुधारियको चुलो अबलोकनबाट थाहा पाउन सकिन्छ । भोग्न त परै जावस, कानले सुन्नसम्म नचाहने, कानुन र अन्तरिम संबिधानले समेत दण्डनिय अपराध मानेको छुवाछुत तथा भेदभावको जघन्ने अपराध गरेका छन  कालिकोट ८ र ९ का मिमबहादुर शाही र दीपबहादुर शाहीले । दीनभरी दाउर काटेर साँझ घरमा आयका थकित मनबिरे सुनार गाँउकै जसबहादुर शाहीको चिया पसलमा चुरोट किनी चिया पकाउने चुलोमा चुरोट सल्काउन लाग्दा, पसल मालिक्नी बालकुमारी शाहिले तथाकथित शब्दहरु प्रयोग गरे पश्चात भएको दोहोरो भनाभनको क्रममा त्यही पसलमा मदिरा सेवनगरी मत्थ भयका माओवादिका ईलाका सदस्य मिमबहादुर शाही र अर्का दिप बहादुर शाहीले कुट्पिट गर्दा सोही गाउँका ३१ वर्षिय मनबिरे सुनारको ज्यान गयको छ । कुटपिटपछी मरणासन्न अवस्थाका मनबिरेलाई छिमेकिले बोकेर स्थानिय मेडिकलमा लागेका थिय तर उक्त मेडिकलले नसकी जिल्ला हस्पिटल रेफर गरेपछी हस्पिटल लैजाने क्रममा उनको बाटोमै मृत्युक भएको हो । पोस्टमार्टम रिपोर्ट अनुसार मनबिरेको आन्द्रामा धेरै क्षेती पुगेको भनियको छ ।

आफ्नो यक्लो छोरा गुमायका बीरभदे सुनार आँसु बगाउँदै भन्छन पसलमा रक्सी खायर बसेका आफुलाई कथित ठुलो जातका भन्नेले मेरो छोराको हत्या गरेका छन यी अपराधीहरुलाई कडा भन्दा कडा कार्यबाही हुनुपर्छ । यसै क्रममा प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले यो घट्ना जातीय भेदभावका कारण घटेको हो, संबिधान बिपरित कार्य गर्नेलाई कडा भन्दा कडा कार्यबाही हुने बताय । घट्नामा संलग्न दुवै जनालाई जुविथास्थित खल्लागाड प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेको छ । मृतकको जिल्ला अस्पतालमा पोस्टमार्टम पस्चात दाहसंस्कार गरिएको छ । उक्त घट्नाको गहिराहिमा पुग्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाकी प्रत्यक्षदर्शी अथवा प्रमुख पात्र बालकुमारी शाहीले प्रहरीलाई दिएको बयानमा चुलो छोएपछि आफूले गाली गरेको त्यसपछि भएको भनाभनमा शाहीद्वयले कुटपिट गरेको बताएकी छन् ।

उक्त घट्नाको बारेमा, दोशीलाई  कडा भन्दा कडा सजाय दिलाउन संयुक्त राजनैतीक दलित संघर्ष समिती द्वारा तय गरिएको कार्यक्रमहरु:
२०६८ पौष ०६ गते - प्रधानमन्त्रिलाई ग्यापनपत्र बुझाउने ।
२०६८ पौष ०७ गते - र्‍याली तथा सभा,
२०६८ पौष ०८ गते - ७५ ओटै जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई ग्यापन पत्र र धर्ना ।

उता गोर्खाको ताक्लुङ गाबिसमा नेपाल दलित महिला उत्थान संघको "ताक्लुङ नमुना गाबिस परियोजना" अन्तर्गत सन्चालित धुंवा रहित सुधारियको चुलो निर्माण कार्यकी प्रमोटर गीता पारीयारले गैरदलितहरुको घरमा चुलो बनाइ धन्यवादकी पात्र बनेकी छिन । उनले गैर दलितले घर भित्र पसी चुलो बनाउन दिए निशुल्क चुलो बनाउने अभियान चलायकी छिन । गत २ महिना यता उनले २८ वटा चुलो बनाइ सकेकी छिन । उक्त २८ मध्य ६ चुलो गैर दलितको घरमा बनेको उनले जानकारी गरायकी छिन । उनले पहिलो चुलो ब्राह्मण (हरी माया खनाल) को घरबाट सुरु गरेकी थिईन भने टक नारायण श्रेष्ठ, कमली माया थापा तथा अन्यको घरमा बनाई सकेकी छिन । साथै दर्जनौ गैरदलितको घरमा चुलो बनाउने लक्ष लिएकी गीताको भनाइ अनुसार सयौं गैर दलितहरुले चुलो निर्माणको लागि नाम दर्ता गराइ सकेका छन ।
  

Humming Bird

Hunding Chitaha

How World End in 2012

Mosquito Biting

Fastest Man